ads
neelambads

विदेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने ४ जना पाकिस्तानी नागरिकग पक्राउ

वीरगंज २३ चैत्र। विदेशी नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने ४ जना पाकिस्तानी नागरिक पक्राउ परेका छन।



युरोपको सपना देखाउँदै श्रीलंकन नागरिकलाई नेपाल ल्याएर बन्धक बनाउने कार्यमा संलग्न ४ जना पाकिस्तानी नागरिकलाइ प्रहरीले पक्राउ गरेका छन ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाकिस्तानी नागरिकहरु जुबैर अजमद, शाहजहान तन्वीर, मलिक अब्दुल हमीद र आरिफ मसिहलाई पक्राउ गरेका छन ।

उनीहरुले श्रीलंकन नागरिकहरूलाई वैदेशिक रोजगारको लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाई दिने विश्वास दिलाई श्रीलंकाबाट नेपाल ल्याएको खुल्न आएको छ।  उपत्यकाका विभिन्न स्थानहरूमा रहेका होटलमा राखी पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिई उनीहरुले विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिएर बन्धक बनाएर राखेको पाइएको प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी गराएका छन।

प्रहरीले बिहीबार पीडितहरूलाई सकुशल उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न रहेका पाकिस्तानीहरूलाई नियन्त्रणमा लिएर अपहरण तथा शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि  जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएका छन । 

 

Post a Comment

Previous Post Next Post
neelambAd
ads