ads
neelambads

एक जना मृत ब्यक्तिको आँखा दानले दुइ जना दृष्टि बिहिनकाे आँखा देख्न सक्ने ः प्रकाश वर्मा


बीरगंज २४ चैत्र । नेपाल नेत्रज्योति संघ र राम कुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर - ४ , वीरगंज नेपाल र नरसिंह दास वृजलाल गोयल वेलफेर सोसाइटी, वीरगंज - १० पर्सा बिच, वारा ,पर्सा र आसपासका क्षेत्रमा हाल सम्म जनचेतनाको कमिले गर्दा धार्मिक परम्परा अनुसार मृत ब्यक्तिको आँखा जलेर वा गलेर गइरहेको र अर्को तर्फ आँखाका चोट पटक वा घाउको कारण आँखाको नानी अर्पादर्शी भइ दृष्टी विहिन भइ बाँच्नु पर्ने वाध्यात्मक परिस्थितिलाइ ध्यानमा राख्दै आँखा अस्पतालले बिशेष अभियान संचालन ल्याएकाे छ । 

हाल सम्म जलेर वा गलेर गइरहेको एउटा मृत ब्यक्तिको आँखा दानले कम्तीमा पनि दुइजनाको आँखा देख्न सक्ने बनाउन यस संयुक्त अधियानको शुरूवात गरेको छ । 

तसर्थ यस संयुक्त अभियानले हालसम्म खेर गइरहेको काेर्निया जलाउन वा गलाउनुको साट्टो दान गर्दा अन्य ब्यक्तिले पनि यस सुन्दर संसार हेर्न पाउने बनाउन सकिने अस्पतालले जनाएकाे छ ।

यस पुन्य कार्यमा सहभागी भइ समाजिक दायित्व पुरा गर्नुकाेसाथै समाज प्रतिकाे अंहमभुमिकाले दुबैलाइ पुरा गराउछ । 

आज पछि आँखा दानको लागि जनचेतना फैलाउने, इच्छापत्र भराउने र अभिलेख राखी दाताको मृत्यु भएमा जानकारी गराइ आँखाको नानी संकलन गर्न रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पताललाइ खबर गरि संकलन गराउने जिम्मा नृसिंह दास बृज गोयल वेलफेयर सोसाइटीको हुने छ । 

भने मृत्युको खबर पश्चात मृतकको इच्छा अनुसार निजको आँखा नानी संकलन गर्न र आँखा बैकंमा जम्मा गराइ आवश्यकता भएको ब्यक्तिको आँखामा प्रत्यारोपनकोलागी पहल गरि जिम्मेवारी रामकुमार महाविर प्रसाद केडिया आँखा अस्पतालको हुनेछ । 

आज सम्म पनि समाजमा रहेको आँखा दान सम्बन्धि नकारात्मक भ्रमहरू जनचेतनाले सुधार ल्याउने आशा गरिएको छ ।

मृत्यु पश्चात आँखा दान अनुहार कुरूप हुने डर लाग्दो हुनु जस्ता भ्रमहरू रहेकोमा यस्तो केही पनि नहुने कुरा अस्पताल ब्यवस्थापक प्रकाश कुमार बर्माले बताउनु भयो । 

आाखा दान पश्चात मृतकको अनुहारको आकार प्रकार रङ्ग रूपमा कुनै पनि परिवर्तन नहुने र तपाइको एउटा दानले कम्तिमा पनि दुइजनाले आँखा हेर्न पाउने छन । 

भने वहाँले यस पुण्य कार्यमा सम्पुर्ण महानुभावहरूलाइ सामेल हुन आग्रह समेत गर्नु भयो । यस सम्बन्धि कुनै पनि कुरा बुझ्न आवश्यक लागेमा अस्पताल प्रशासनमा वा गोयल वेलफेयर सोसाइटी अध्यक्ष शिव गोयललाइ सम्पर्क गर्न पनि जानकारी गराउनु भयो । 

सम्झौता हस्ताक्षर कार्यक्रममा अस्पतालका तर्फबाट अस्पताल ब्यवस्थापक बर्मा , प्रशासकिय अधिकृत अरूण महतो , लेखा अधिकृत श्रीकान्त प्रसाद कानुको उपस्थिति र नृसिंह दास बृजलाल गोयल वेलफेयर सोसाइटीका अध्यक्ष शिव गोयल र पत्रकार जगत राइको उपस्थिति थियो  ।
 
सम्झौता पत्र हस्तान्तरण अस्पताल ब्यवस्थापक वर्मा र अध्यक्ष गोयलको बिचमा भएको थियो । 

भबिष्यमा सम्पर्क रसहकार्यकोलागी संयुक्त रूपमा जानकारी गराउन डेडीकेटेड टेलिफोन नम्बरको ब्यवस्था समेत गरी सेवा चुस्तदुरूस्त  गराउने समेत जानकारी  गराउनु भयो ।      


Post a Comment

Previous Post Next Post
neelambAd
ads