ads
neelambads

काठमाण्डाैमा प्रहरी र प्रदर्शनकारी बिच झडप, पाँच प्रहरी घाइते र एक जना प्रहरीकाे अवस्था नाजुक


बीरगंज २४ चैत्र । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा शनिबार काठमाडौँमा भएको झडपमा  प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भएका छन । भने एक जना प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएकाे समाचार छ । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले निषेधित क्षेत्र तोड्न खोज्ने प्रदर्शनकारीलाई रोक्न खोज्दा प्रहरी जवान घाइते भएको संचारकर्मीलाइ जनाउनु भयाे।

उहाँले भन्नुभयो, “राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले बाध्य भएर बल प्रयोग गर्नुपर्यो, सो क्रममा प्रहरी सहायक निरीक्षकसहित पाँचजना घाइते भए, प्रहरी जवान बोहरा बोल्न नसक्ने अवस्थामा रहेका छन् ।”

गम्भीर घाइते भएका प्रहरी जवान बोहराको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गरी थप उपचारकालागि नेपाल प्रहरीको अस्पातल लैजाने तयारी भएको प्रवक्ता अधिकारीले जानकारी गराए । 

झडपमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । उक्त झपडमा प्रदर्शनकारीतर्फका १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads