ads
neelambads

पाँच करोड ठगी गरी फरार शाक्य कम्बोडियामा पक्राउ


बीरगंज २० कार्तिक । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका एक जना फरार व्यक्तिलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याएको समाचार छ ।

सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्नेरगराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जनाए ।

शाक्यले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भन्दै ४० जनाभन्दा धेरै व्यक्तिबाट पाँच करोड दुई लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार थिइन् ।

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका – १० ठेगाना भएका सुजन आचार्यलाई पक्राउ गर्नका लागि २०८० माघ १९ गते रेड नोटिस जारी भएको थियो । सुजनलाई गएको कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो ।

Post a Comment

Previous Post Next Post
neelambAd
ads