हेटौंडा ६ पुस । मकवानपुर प्रहरीले १ सय ३७ केजी गाँजा बरामद गरेको समाचार छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ५ डिल्लीपुर तर्फ गाँजाको भारी बोकेर गइरहेको अवस्थामा राप्ती खोलामा प्रहरीलाई देखेपछि गाँजाको भारी नै छाडेर भरियाहरु भागेकाे खबर छ ।
१०र१२ जनाको समूहमा रहेका भरियाहरुले शनिबार बिहान राक्सिराङ गाउँतर्फबाट गाँजा बोकेर आएको सूचनापछि प्रहरीले डिल्लीपुरस्थित राप्ती खोलापारि बसेका थिए ।
प्रहरीलाई देखेर भरियाहरु गाँजाको बोरा छाडेर भागेको प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जनाए । उहाँका अनुसार १३ वटा बोरामा १ सय ३७ केजी गाँजा बरामद भएको छ ।
प्रतिक्रिया