कलैया ११ बैशाख । यातायात ब्यवस्था कार्यालय बाराको कार्यालय वरीपरी कुख्यात बिचौलिया अर्थात लाइसेन्स दलालहरू आजभोली ब्यापक सल्बलाएका छन ।
पर्सा, बारा, रौतहट, सर्लाही, महोतरी, मकवानपुर, चितवन, धादिङ, काठमाण्डौ लगायत दर्जनौं जिल्लाका बिचोलिया अर्थात लाइसेन्स दलालहरू यातायात ब्यवस्था कार्यालय बाराको आजभोली चक्कर लगाएको जो कोहीले पनि सजिलै देख्न सक्छ ।
जिल्ला - जिल्लामा यातायात ब्यवस्था कार्यालय संचालनमा आएको छ । तर यातायात ब्यवस्था कार्यालय बारामा सवारी अनुमति प्रमाण पत्रकालागी बारा जिल्लाबासीको उपस्थति दश प्रतिशत पनि नपुग्ने तर बारा जिल्ला बाहेकका जिल्लाबासीहरू सवारी अनुमति प्रमाण पत्र लिन नब्बे प्रतिशत भन्दाबढी पुग्नु र आबेदन दर्ता गर्नु रहस्यमय बनेकाे छ ?
अन्य जिल्लाबाट भाडा तिरेर बीरगंज आउने र बीरगंजको होटलमा भाडा तिरेर बस्नु र पुन बीरगंजबाट टेम्पु रिजर्व गरी आबेदकको ग्रुपै कलैया यातायात ब्यवस्था कार्यालयमा पुगी सवारी अनुमति प्रमाण पत्रकालागि लिखित, मौखिक र ट्रायल परिक्षा दिनु यो कुनै संयोग होइन ?
बिभिन्न जिल्लामा रहेका यातायात ब्यवस्था कार्यालयमा सवारी अनुमति प्रमाण पत्रकालागी आबेदन दिने आबेदक लिखितमै फेल भए पश्चात उनिहरू तिन महिना पछि आबेदन दिने प्रबधान रहेकाे बाध्यताले आबेदकहरू पास हुन वा तिन महिना भित्रै सवारी अनुमति पत्र बनाउने चक्करमा बिचौलीया अर्थात लाइसेन्स दलालको फन्दामा पर्ने गरेका छन ।
फन्दामा परेका ति आबेदकलाइ बिचौलीया अर्थात लाइसेन्स दलालहरूले उक्त फेल भएका आवेदकलाइ पास गराउनकालगी मोटर साइकलको आबेदकसँग रू. आठ हजार देखि दश हजार रूपैयाँ सम्म लिने गरेका छन ।
ट्रेक्टर, टेम्पु, कार , जिप र भ्यानको आबेदकसँग रू. पन्द्र हजार देखि बिस हजार रूपैयाँसम्म लिने गरेका छन ।
भने मिनी ट्रक, मिनी बसको आबेदकसँग रू. बिस हजार देखि पच्चिस हजार रूपैयाँ सम्म लिने गरेका छन । यसैगरी ट्रक, बस र लहरीको आबेदकसँग रू. पच्चिस हजार देखि पैतिस हजार रूपैयाँ सम्म लिने गरेको समेत चर्चा छ । स्काइभेटर, डोजर र लोडरको त कुरै नगरौं ।
बिचौलिया अर्थात लाइसेन्स दलालले अन्यत्र जिल्लामा रहेका यातायात ब्यवस्था कार्यालयका कार्यालय प्रमुख वा प्रमुखका घुमन्ते कर्मचारीसँग सवारीका किसिम अनुसार दर रेट कायम गर्ने र त्यस पछि एक मुष्ठ रकम बुझाएर ट्रायल फेल भएका आबेदकलाइ परिक्षामा उतिर्ण गरेर कर्मचारी र बिचौलिया अर्थात लाइसेन्स दलालहरूले सिन्डिगेट खडा गरेर कमाउ धन्दा गर्दै आएको चर्चा सर्वबिदितै छ ।
तैपनि यातायात ब्यवस्था कार्यालय बारामा अख्तियार दुरूपयोग आयोग अनुसन्धान कार्यालयले न कहिले अनुगमन गर्छन ?
यातायात ब्यवस्था कार्यालय बाराका कार्यालय प्रमुख अबिन्दर दास कार्यालय समयमा उपस्थित हुने गरेका छैनन् । प्रमुख दास उपस्थित नरहेका बखत कार्यालयका अन्य कर्मचारीहरू पनि आ - आफ्नो फाँटमा नबस्ने र अन्य कर्मचारीका फाँटमा बसेर गफ मार्दै गरेको भेटिन्छन ।
यसरी खुल्लेआम बिचौलिया अर्थात लाइसेन्स दलालहरूको गतिबिधिले मधेशी जनता मधेश प्रदेश सरकारबाट निराश बन्दै गएका छन ।
प्रतिक्रिया