काठमाण्डौ ११ बैशाख । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेकाे समाचार छ।
चिकित्सकहरूलाइ न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको चिकित्सकहरूको आरोप छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय घेराउ गर्न जान लागेका उनीहरूलाई माइतीघरमै प्रहरीले रोकेको थियाे । त्यसपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आन्दोलनरत चिकित्सकहरूलाई वार्तामा बोलाएर छलफल गरेका छन ।
यसैबीच मन्त्री पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजहरूलाई निर्देशन दिनुभयाे ।
उहाँले आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजहरूलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने घोषणा गर्नुभएकाे छ ।
प्रतिक्रिया