बारा ११ बैशाख। भारतको आधापुर, घोडासहन क्षेत्रबाट भारीमात्रमा लागुऔषध खरीद गरी नेपालको मटिहार्वा नाका र कचोर्वा नाकाबाट तस्करी गरेर काठमाण्डौ, पोखरा लगायतका शहरमा पुराउने गिरोह आजभोली च्याउ झै उम्रेको उम्रै छन एकातिर । भने अर्कोतिर प्रहरीले पनि लागुऔषध दिनहुँ पक्रेका पक्रेछन ।
तैपनि लागुऔषध नियन्त्रण हुन सकेको छैन । साेही क्रममा मकवानपुरको रातेमाटेबाट ४ लाख रुपैयाँ बढीको लागुऔषध ट्रामाडोलसहित २ जनालाई प्रहरीले पक्राउ गरेको समाचार छ ।
हेटौँडा वडा नं. १५ रातोमाटेस्थित प्रहरी चौकीबाट ५ हजार ७५० थान लागुऔषध ट्रामाडोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार बिहान ९ ः ३० बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिमाणको लागुऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७ बेनौली बस्ने २५ को तीर्थलाल पासवान र सह–चालक सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन् ।
बारा जिल्लाको सिम्ररौनगढबाट हेटौडातर्फ आउँदै गरेको मधेस प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई हेटौँडा–१५ रातोमाटे चेक प्वाइन्ट स्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा सो परिमाणको ट्रामाडोल बरामद भएको प्रहरी उपरीक्षक खड्काले जनाए ।
पिकअप गाडीका चालक पासवान र सह–चालक पटेलले उनीहरूलाई शङ्का लागेर खानतलासी गर्दा गाडीको अगाडीको इन्जिन भएको भागमा लुकाई ल्याइएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान ९५७ हजार ५०० क्यापसुल० बरामद भएको थियो ।
सो लागुऔषध ट्रामाडोलको बजार मूल्य प्रति पत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरी उपरीक्षक खड्काले बताए ।
प्रहरी उपरीक्षक खड्काका अनुसार सो लागुऔषध ट्रामाडाल हेटौँडाका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
पक्राउ परेका पासवान र पटेललाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको छ ।
प्रतिक्रिया