विज्ञापन: अब तपाईंको आफ्नै शहर वीरगंजमा गुणस्तरीय वेबसाइट बनाउन सकिन्छ भने किन काठमाडौं धाउने झन्झट बेहोर्नु भइरहेको छ ? सम्पर्क मोबाइल नम्बर– +977-9814272487

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

नेपाल गण्डक सडककाे दर्जनाैं पुल जिर्ण अवस्थामा, कुनैपनि बेला ठुलाे दुर्घटनाकाे प्रवल संभावना

580

बीरगंज २ माघ । नेपाल गण्डक सडककाे दर्जनाैं पुल जिर्ण अवस्थामा छ । कुनैपनि बेला ठुलाे दुर्घटनाकाे प्रवल संभावना रहेकाे छ ।

पर्सा, बारा र रौतहट जिल्ला जोड्ने हुलाकी सडकको एक मात्र सडक नेपाल गण्डक सडक हाे ।

पर्साको जानकी टोला देखि रौतहटको गण्डक नहरको ३ नम्बर ब्लकसम्म फैलिएको नेपाल गण्डक सडकमा  दर्जनाैं पुल जीर्ण अवस्थामा छन ।

साेही दर्जनाैं पुल जीर्ण अवस्थामा रहेकाे नेपाल गण्डक सडकमा पर्सा देखि रौतहट सम्म ८१ किलो मिटर लामो कालोपत्रे गरेपछि उक्त नेपाल गण्डक सडकमा चार गुणाले सवारी साधनको चाप बढेको छ । 

सवारी साधन बढे पनि जीर्ण पुल मर्मतसम्भार नगरिएकाेले कुनैपनि बेला पुल भासिएर ठुलाे दुर्घटना हुने प्रवल संभावना रहेकाे छ।

अन्य बिकल्प नरहेकाले जोखिमपूर्ण यात्रा गर्न साे भेगका स्थानियबासीले जनाए । 

सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको गण्डक नहरको उक्त सडक अहिले फराकिलो भएपछि ठुला सवारी साधन चल्न थालेका हुन् । 

जीर्ण पुल भएर पछिल्ला दिनमा गरिने यात्रा जोखिमपूर्ण रहेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय पर्साका कर्मचारिले जनाएका छन ।   

पुलमात्र नभई समग्रमै तीन वटै जिल्लाको नहर प्रणाली जीर्ण भइसकेको बताए। “नहर र तिनका अधिकांश संरचनाको सरदर आयु ५० वर्ष हो, अहिले करिब ४५ वर्ष भइसकेको छ ।” 

पर्सा बारामा नहरको एप्रोच सडकमा रहेका २२ मध्ये तीन पुल अत्यन्त जीर्ण भएको छ। एउटा पुल त भासिइसकेकाले यातायातमा समस्या नआओस् भनी डाइभर्सन बनाइएको छ । 

पहिले गण्डक नहरको एप्रोच सडक कार्यालयले आफ्नो निजी प्रयोजनकालागि मात्र यसको प्रयोग गर्दै आएकोमा राजनीतिक परिवर्तन पछि सर्वसाधारणको प्रयोगकालागि यो सडक खुला गरिएको हाे।

एप्रोच सडक अत्यधिक प्रयोग हुन थालेपछि त्यसमा रहेका पुलको सामान्य मर्मतसम्भार समेत गरिएको छैन । त्यसैले पुलहरूको अवस्था नाजुक बनेको हाे ।

तिलावे खोलाको पुल भासिएको छ भने सिर्सिया र बङ्गरी खोलाको पुलमा सडक सुधार परियोजनाले सडक कालोपत्रे गर्ने क्रममा सामान्य मर्मत गरी सञ्चालनमा ल्याएको थियो । 

फेटाचोक, कोतवाली नहर र ओरियाखोलाको पुल तत्कालै मर्मतसम्भार नगरिए जुनसुकै बेला ठुलै जोखिम आउन सक्ने छ । 

नारयाणी सिचाइ ब्यवस्थापन कार्यालयसँग पुल मर्मतसम्भार तथा निर्माण प्रयोजनका लागि छुट्टै बजेट नअाउने गरेकाे र नहर प्रणालीको सञ्चालन र मर्मत सम्भारको मात्र जिम्मेवारी वहन मात्र गर्दै अाएकाे छ । 

एप्रोच सडक अहिले नेपाल गण्डक राजमार्ग बनेपछि सडक विभाग अन्तर्गत रहेकाे र जे गर्ने हो सडक विभागले कर्मचारीले जनाए ।

अहिले भासिएको तिलाबे पुलको छेवैमा भुइँमा नहरको अन्डरग्राउन्ड संरचना छ । पुल भत्किएर त्यस संरचनामाथि परेर नफुटोस् भनी डाइभर्सन नारायाणी सिचाइ ब्यवस्थापन कार्यालय पर्साले बनाएकाे छ । 

पर्साको जगरनाथपुर क्षेत्रमा डेढ दशकयता औद्योगिकीकरण तीव्र रूपमा विस्तार भएकाले नेपाल गण्डक सडकमा दैनिक ठुलो सङ्ख्यामा मालवाहक सवारी साधन चल्ने गरेकाे छ ।   

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide







Name

business,47,crime,20,entertainment,5,health,11,main news,54,news,32,newspaper,9,politics,42,sports,8,tech,5,world,13,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : नेपाल गण्डक सडककाे दर्जनाैं पुल जिर्ण अवस्थामा, कुनैपनि बेला ठुलाे दुर्घटनाकाे प्रवल संभावना
नेपाल गण्डक सडककाे दर्जनाैं पुल जिर्ण अवस्थामा, कुनैपनि बेला ठुलाे दुर्घटनाकाे प्रवल संभावना
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3aUBNimElNQTFMMcIUJoaLSA7jbGihu3S-cYzAzPqpCl1zAjAntwVTViOeNTF8wUiU7N9bss9J9nTc0CYto-5X9NZqNkMGm3eyF6lnS2Mbn8FqPYX7Bix683lW0yD_Mf1dYXy49HkslzuBmR1eiScd08DhNtOTz5Zm-GLn16R9_uqlvutn8lElwqBk40/w640-h296/Puss.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3aUBNimElNQTFMMcIUJoaLSA7jbGihu3S-cYzAzPqpCl1zAjAntwVTViOeNTF8wUiU7N9bss9J9nTc0CYto-5X9NZqNkMGm3eyF6lnS2Mbn8FqPYX7Bix683lW0yD_Mf1dYXy49HkslzuBmR1eiScd08DhNtOTz5Zm-GLn16R9_uqlvutn8lElwqBk40/s72-w640-c-h296/Puss.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_22.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/01/blog-post_22.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content