हेटौँडा २ माघ । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं . १५ बाट एक सय ११ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको समाचार छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज कैलाश गाउँपालिका वडा नं. २ डाँडाखर्क बस्ने ३४ वर्षीय रावल स्याङ्वोलाई लागुऔषध गाँजासहित गाँजा ओसार पसारमा प्रयोग गरिएको सवारी साधन सार्वजनिक गरेका छन ।
प्रहरीचौकी रातोमाटेबाट खटिएको टोलीले पूर्वपश्चिम लोकमार्ग खण्डअन्तर्गत राटोमाटे जाँच चौकीमा सवारी साधन जाँच गर्ने क्रममा गाडीको पछाडि ढालाभित्र खाली क्रेटहरूले छोपी लुकाइछिपाइ गरी ल्याएको अवस्थामा अवैध लागुऔषध गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार स्याङ्वोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । रासस
प्रतिक्रिया