मंगलबार मध्यान्ह १ बजेतिर प्रहरी कन्ट्रोलमा ठमेलको होटलबाट चिनियाँ अपहरणमा परेको सुचना आएपछि उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली अपहरणकारीको खोजीमा जुटेका थिए ।
अपहरणमा संलग्नहरूलाई मकवानपुरको भिमफेदीबाट पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय भिमफेदीकी इन्स्पेक्टर ललिता ढकाल नेतृत्वको टोलीले एम्बुसिङ गरेर भारतीय नम्बरको गाडी सहित दुईजना भारतीयलाई पक्राउ गरेको हो ।
प्रहरीको घेरामा परेको थाहा पाएपछि चिनियाँलाई लिएर जङ्गलतिर भागेका थप दुई जनालाई पनि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जनाए ।
उहाँले भने, ‘गाडीको चालक सहित ४ भारतीय नागरिकलाई पक्राउ गरेका छौँ ।’पक्राउ पर्नेमा महाराष्ट्र घर भएका ३३ वर्षीय आशुतोष दत्तात्रय थ्रोट, ३० वर्षीय अमोल खारमत, ४० वर्षीय आफा सरुनेश शाइक्स र ३० वर्षीय अमोल शीर्षत रहेका छन् ।
प्रतिक्रिया