रौतहट २ माघ । रौतहटको बौधीमाई नगरपालिकाका मेयर प्रदीप यादव विरुद्ध स्थानीयबासीले नाराबाजी र प्रदर्शन गरी रहेकाे समाचार छ ।
बुधबार नगरपालिकाको कार्यालय अगाडि जम्मा भएर स्थानीयले मेयर यादवको कार्यशैली विरुद्ध नारावाजीसहित प्रदर्शन गरेका छन् ।
उनीहरुले भ्रष्टाचारी मेयर मुर्दावाद, भ्रष्टाचारीलाई कारबाही गर लगायतका नारा लगाउँदै मापदण्ड नबनाई मनोमानी ढंगले मेयर यादवले सडक बिस्तारका नाममा स्थानीयका घर भत्काएर दुख दिएको जनाए ।
स्थानीय अगुवा एवं पूर्ववडाध्यक्ष श्रीभगवान पटेलले मापदण्ड बनाएर सडक बिस्तार गर्नुको साटो मेयरले मनोमानी रूपमा जथाभाबी घर भत्काएर दुख दिएको भने ।
‘मेयर आफैले लट्ठी लिएर स्थानीयलाई कुटपिट गरेका छन्, स्थानीयको घरमा तोडफोड गर्ने मेयरलाई कारबाही हुनुपर्छ,’ पटेलको भनाइ रहेकाे छ ।
यस्तै स्थानीय आन्दोलनकारीले मेयर यादवले विभिन्न आयोजनामा गरेको भ्रष्टाचारको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने लगायतका माग समेत गरेकाे खबर छ ।
प्रतिक्रिया