बीरगंज २९ पुस। नेपाल राष्ट्र बैंकले वीरगञ्जको मनोकामना मनीचेन्जर वीरगञ्ज प्रालिको इजाजत खारेज गरेको समाचार छ ।
राष्ट्र बैंकले भारतीय मुद्राको खरिद बिक्री गर्न इजाजत प्राप्त गरेको उक्त मनीचेन्जरको इजाजत खारेज गरेको छ । ‘भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र प्राप्त गरेको मनोकामना मनीचेन्जर वीरगंज प्रा.लि वीरगंज, पर्साको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ( चौथो संशोधन सहित ) को विनियम १९ को उपविनियम ९३० मा भएको व्यवस्था बमोजिम इजाजतपत्र रद्द गर्ने निर्णय भएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
राष्ट्र बैंकले सो मनिचेन्जरसँग कुनै पनि कारोवार नगर्नरनगराउनु हुन सर्वसाधारणसँग आह्वान गरेको छ ।
प्रतिक्रिया