बीरगंज २ माघ । ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेलको दोस्रो दिनको खेल सकिँदा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबबिरुछ ९५ रनको अग्रता लिएको समाचार छ ।
वीरगंज स्थित नारायाणी क्रिकेट मैदानमा बुधबार दोस्रो इनिङ्स सुरु गरेको पुलिस १३२ र ९ को स्थितीमा छ । पुलिसका सागर ढकाल र ललित राजवंशी अविजित हुनुहुन्छ ।
पुलिसका लागि कुशल भुर्लेलले सर्वाधिक ४५ रन बनाउनुभयो । यस्तै दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोड्नुभयो ।
बलिङमा आर्मीका शाहब आलामले पाँच विकेट लिनुभयो । बसिर अहमदले चार विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले १३३र९ को स्थितीमा पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको थियो । यसअघि आर्मी दोस्रो दिन एक सय ७० रनमा अल आउट भएको थियो ।
प्रतिक्रिया