वीरगंज ३ माघ । सुक्खा बन्दरगाह भन्सार कार्यालय पर्साले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु २३ अर्ब ३४ करोड ३३ लाख १८ हजार राजस्व सङ्कलन गरेको समाचार छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयले कूल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत मात्रै राजस्व सङ्कलन गर्न सकेको हो ।
गत आवको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयको राजस्व सङ्कलन रु १ अर्ब ४५ करोड ४१ लाख ७९ हजारले कमी आएको भन्सारले जनाएकाे छ ।
कार्यालयले चालु आवको साउन महिनामा रु ३ अर्ब ७५ करोड २२ लाख राजस्व सङ्कलन गरेका छन ।
त्यसैगरी भदाै महिनामा रु ४ अर्ब ६४ करोड ३० लाख, असोज महिनामा रु ४ अर्ब ३६ करोड ४५ लाख, त्यस्तै कात्तिक महिनामा रु ३ अर्ब ७९ करोड २९ लाख राजस्व सङ्कलन गरेको ५ ।
त्यस्तै मङ्सिर महिनामा रु तीन अर्ब २२ करोड ८४ लाख र पुस महिनामा रु तीन अर्ब ५६ करोड २१ लाख राजस्व सङ्कलन गरेका छन ।
कार्यालयले गत आवको छ महिनाको अवधिमा भने रु २४ अर्ब ७९ करोड ७४ लाख ९७ हजार राजस्व सङ्कलन भएको छ ।
प्रतिक्रिया