वीरगंज, ७ माघ । २४ औं सशस्त्र प्रहरी दिवस २०८१ को शुभ अवसरमा सशस्त्र प्रहरी बल नेपाल नंं. १३ गण हेक्वाटर पर्साले सोमवार गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा अनिल यादव, सञ्जय तामाङ, रोशन थापा, केदार तिमल्सिना, सागर कुमार यादव, अजय प्रसाद यादव, दिगम्बर पण्डित, राजु पटेल, कमल केसी लगायत ५७ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी वीरगंज रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जनाए ।
कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका जितेन्द्र कुशवाहाले प्राविधिक सहयोग गर्नु भएको थियोे ।
प्रतिक्रिया