बीरगंज ९ माघ । पर्सा जिल्लामा नेपाल - भारत सीमानामा रहेका बिजोर सीमा स्तम्भको मर्मत तथा रङ्ग रोगन कार्य अाज दिउँसाे १२ ः १५ बजे देखी शुभारम्भ गरीयाे ।
नेपाल तर्फ जिल्ला पर्सा बी.म.न.पा. वडा नं. १६ इनरुवा र भारत तर्फ जिल्ला पूर्वी चम्पारण पन्टोका ग्राम पंचायत वडा नं. ४ सुन्दरपुर स्थित रहेको सानो सिमा स्तम्भ ३९१ / ६ नम्बरकाे रङ्ग राेगन गरीएकाे छ ।
नेपाल - भारत सीमानामा रहेका बिजोर सीमा स्तम्भको मर्मत तथा रङ्ग रोगन कार्यक्रममा पर्साका जिल्ला प्रमुख जिल्ला अधिकारी गणेश अर्यालकाे प्रमुख उपस्थितित्वमा भएकाे कार्यक्रममा स.प्र.बल,नेपाल नं. १३ गण हे. क्वा. पर्साका गणपति स.प्र. उ. राधेश्याम धिमाल ,राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख उप - अनुसन्धान निरिक्षक दिलिप कुमार सिँह, नापि विभागको प्रतिनिधि कपिल कटुवाल, जि.प्र.का.पर्साका प्र.ना.उ.सुवास भट्ट लगायत प्र.सि.सु. गुल्म बीरगंजका स.प्र.ना.उ. लोकेन्द्र सुब्वा समेतकाे उपस्थितिमा सीमा स्तम्भ मर्मत तथा रङ्ग रोगन गर्ने काम भयाे।
उक्त मर्मत कार्यमा भारतिय समकक्षीको तर्फबाट 47 BATTALION HEADQUARTERS PANTOKA E Company बाट AC. UTTAM KUMAR GHOSH को कमाण्डमा ४ जना समेतकाे सहभागिता रहेकाे थियाे।
सन् 2014 पश्चात निर्माण गरिएका बिजोर नम्वरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले रङ्ग रोगन तथा मर्मत सम्भार गर्दे आएको सुचना अधिकारी स.प्र.ना.उ. नरेन्द्र सिहं धामीले जानकारी गराए ।
प्रतिक्रिया