बीरगंज १ माघ। ‘जय ट्रफी मेन्स एलाइट कप’ को फाइनल खेल मङ्गलबार देखि वीरगंज स्थित नारायणी क्रिकेट मैदानमा सुरु भएको समाचार छ ।
मौसमका कारण ढिलो सुरु भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पुलिसले आफ्नो इनिङ्समा १७ ओभरमा दुई विकेटको क्षतिमा ८५ रन बनाएको छ ।
पुलिसका लागि ओपनर कुशल भुर्तेल अविजित ५० रनमा हुनुहुन्छ ।
यस्तै अर्जुन साउद शून्य रनमा अविजित हुनुहुन्छ । अमित श्रेष्ठ २० रन जोड्दै पेभेलियन फर्किनु भयो भने ओपनर दिलीप नाथ शून्य रनमा आउट हुनुभयो ।
बलिङमा आर्मीका सोमपाल कामी र साहब आलमले एक एक विकेट लिनुभयो ।
प्रतिक्रिया