बीरगंज १७ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह आज भारतको गोरखपुर जाने कार्यक्रम छ । उहाँ भारतकाे उतर प्रदेशमा रहेकाे गोरखनाथ मन्दिरमा पुगेर विशेष पूजाअर्चना गर्ने कार्यक्रम रहेकाे खबर छ ।
पूर्वराजा शाह अहिले भैरहवामा हुनुहुन्छ । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुर तर्फ प्रस्थान गर्ने कार्यक्रम तय गरीएकाे समाचार छ ।
गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्ने भएका छन् ।
गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन अाउदै गरेकाे परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने जनाइएको छ ।
प्रतिक्रिया