बीरगंज १७ माघ। निर्माण ब्यवसायी महासंघले १४ बुँदे मागसहित प्रधानमन्त्री र विकासे मन्त्रीहरूलाई ज्ञापनपत्र बुझाएका थिए ।
सो माग पुरा नभए पश्चात १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने पत्रकार सम्मेलनमा घोषणा गरेका थिए । पूर्वघोषित कार्यक्रम अनुसार नै आफूहरू सडकमा उत्रिन लागेको निर्माण व्यवसायीले जानकारी गराए।
नेपाल निर्माण व्यवसायी महासंघले माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व – पश्चिमका नाका ठप्प पार्ने कार्यक्रम घोषणा गरेका छन ।
त्यसपछि पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पार्ने महासंघले चेतावनी समेत दिइएको छ ।
निर्माण सामग्रीको मूल्यवृद्धि, लामो समय देखि भुक्तानी नभएको, राष्ट्र बैंकले दिँदै आएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग सङ्कटमा परेको महासंघले जनायो ।
महासंघका अध्यक्ष रवि सिंहले सरकारकै कारण आफूहरू सडकमा उत्रन बाध्य भएको बताए । ‘हामीले पटक–पटक सरकार समक्ष समस्या समाधानकालागि आग्रह गर्दै आएका छौं । ।
तर सरकारले हाम्रो समस्या समाधान गरेन,’ अध्यक्ष सिहं भन्नु भयो, ‘अघिल्लो बुधबार प्रधानमन्त्रीज्यूले ज्ञापनपत्र बुझेर छलफल गर्ने भनेर हामीलाई बोलाउनु भएको थियो ।
तर उहाँको स्वास्थ्य समस्याका कारण भेट गर्न सकेनौँ । पछि स्वास्थ्यमा सुधार आए पनि हाम्रो समस्याप्रति बेवास्ता गरिरहनु भएको छ ।’
अझै एक दिन समय रहेको भन्दै उहाँले सरकारबाट समस्या समाधानको प्रतिबद्धता आए आफूहरू सडक आन्दोलनमा गइरहन नपर्ने प्रस्ट पारे ।
‘सरकारले हाम्रो समस्या समाधान गरिदिन्छ, सडकमा जान पर्दैन भन्नेमा आजसम्म पनि हामी आशामा छौँ,’ अध्यक्ष सिंहले भन्नु भयो, ‘तर समस्या समाधानका लागि कुनै सुनुवाइ नभए १८ गते सडक आन्दोलनमा उत्रने तयारीमा जुटिसकेका बताए ।’
निर्माण व्यवसायीहरू तीन महिना देखि सिमेन्ट उद्योगीले कार्टेलिङ गरेर सिमेन्टको मूल्य वृद्धि गरेको, सरकारले भुक्तानी नगरेको लगायतका समस्या समाधानका लागि माग गर्दै आएका छन् ।
उनीहरूले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, भौतिक पूर्वाधार लगायत सम्पूर्ण विकासे मन्त्रालय, तिनका मन्त्रीहरू र विकास निर्माणसँग सम्बन्धित निकायलाई समस्या समाधान गर्न माग गर्दै ज्ञापनपत्र बुझाइसकेको जनाए ।
प्रतिक्रिया