वीरगंज २ माघ । सिमा सशस्त्र प्रहरी बल, सिमा प्रहरी चौकीका इन्चार्ज र तस्करहरूको मिलोमतोमा पर्साकाे बिभिन्न सिमा नाकाबाट मध्यरातमा तस्करी गरी आयत गरीएको मालसमान सिमा नजिकको गोदाममा तस्करहरूले एकातिर भण्डारण गर्ने गरेका छन ।
भने अर्काेतिर तस्करीकाे मालसमान भण्डारण गरी राखेकाे बिभिन्न स्थानमा रहेकाे गाेदाममा कहिले सशस्त्र प्रहरीले तँ कहिले नेपाल प्रहरीले पटक पटक छापामारी गर्दै आएका छन ।
तर अहिलेसम्म तस्करी नियन्त्रण नहुनुकै कारण पुन ः बीरगंगको आर्दशनगरमा सशस्त्र प्रहरीले छापा मारेर ठूलो परिमाणमा भन्सार छलिका मालसामान बरामद गरेको छ।
जय बजरगंबली ट्रान्सपोर्टमा सशस्त्र प्रहरीले छापामारी गरेर चिनी, चना, मटर, बदाम, मिश्री, र कपडा लगायतकाे माल समान बरामद गरेको छ।
उक्त ट्रान्सपोर्ट व्यवसाय अजय साहले सञ्चालन गर्दै आएका थिए। छापामारीको नेतृत्व सशस्त्र प्रहरी र जनपद प्रहरीले संयुक्त रूपमा गरेको थियो।
सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाका अनुसार बरामद गरिएका सामानहरू आवश्यक अनुसन्धान र कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।
छापामारीको क्रममा बरामद गरिएको मालसमानहरूको परिमाण तथा आर्थिक मूल्यांकन अहिले भइरहेको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बाले अवैध व्यापार र भन्सार छलिको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन थप अनुसन्धान भइरहेको जनाए।
प्रतिक्रिया