बीरगंज २३ माघ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको समाचार छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं. १५ बस्ने ३१ वर्षीय बिक्रम लामा र मनहरी गाउँपालिका वडा नं. २ बस्ने ६८ वर्षीय जिवन स्याङवो रहेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०३ - ००५ प ७२६६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको छ।
प्रतिक्रिया