बीरगंज २३ माघ। नेपालबाट भटमास र सूर्यमुखी तेलको भारतमा निर्यात बढदै गएको समाचार प्राप्त हुन आएको छ ।
नेपालको वीरगंज नाका हुदैँ चालु आर्थिक वर्षको ६ महिना अवधिमा भटमास र सूर्यमुखीको प्रशोधित तेल भारतमा निर्यात बढदै गएको छ ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा रु ११ अर्ब ९९ करोड १८ लाखको पाँच करोड ६० लाख ६६ हजार लिटर भटमासको तेल निर्यात भएको वीरगंज भन्सार कार्यालयले जनायो ।
गत आवको ६ महिनाको अवधिमा भने रु तीन करोड ११ लाखको एक लाख एक हजार तीन सय एक लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो ।
भने अहिले भारतमा भटमास र सूर्यमुखीको प्रशोधित तेलको निर्यातमा सहज भएकाले निर्यात उत्साहजनक ढङ्गले बढेको वीरगंज भन्सार कार्यालयका कर्मचारीहरूले बताउछन।
भारततर्फ प्रशोधित तेलको निर्यातमा क्रमशः सुधार हुदै गएको छ । चालु आवको ६ महिनाको अवधिमा भटमासको तेल प्रशोधित मात्रै नभएर सूर्यमुखीको प्रशोधित तेलको निर्यात पनि बढेको खबर छ ।
चालु आवको ६ महिनाको अवधिमा रु ३ अर्ब २१ करोड ९१ लाखको दुई करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।
गत आवको सोही अवधिमा भने नौ करोड ९४ लाख १० हजार मूल्य बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनायो ।
प्रतिक्रिया