सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

सरकारले राष्ट्रियसभामा फागुन ६ गते अध्यादेश निर्णयार्थ पेस गर्ने

580

 

बीरगंज ३ फागुन। सत्तारुढ दलहरूबिच ६ फागुनमा बस्ने राष्ट्रियसभामा सरकारले जारी गरेका अध्यादेश पेस गर्ने सहमति भएको खबर छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलहरूको बैठकमा ६ फागुनमा राष्ट्रियसभामा निर्णयार्थ पेस गर्ने सहमति बनेको छ । 

बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले अध्यादेश पास गर्ने प्रक्रिया अघि बढाउने सहमति बैठकमा भएको जनाए।  

उहाँले भन्नु भयाे, ‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ । राष्ट्रियसभाको ६ गते बस्ने बैठकमा अध्यादेशहरू निर्णयार्थ टेबल हुन्छन् ।’ 

सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पास गर्ने बारे जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग टेलिफोनमा सम्वाद भएको कांग्रेस नेता लेखकले जनाए । 

उनीहरू राजधानी बाहिर रहेकाले बैठकमा उपस्थित नभएको बताउँदै लेखकले काठमाडौँ फर्किएपछि सहमतिमा अगाडि बढ्ने बताए । 

 ‘जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसँग टेलिफोनमा सम्वाद भएको छ । उहाँहरू राजधानी बाहिर भएकाले बैठकमा सहभागी हुन सक्नुभएन । काठमाडौँ फर्किएपछि सम्वाद गरेर सहमतिमा अगाडि बढ्ने सहमति बनेको जनाए ।  

सरकारले जारी गरेका दुवै अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट स्वीकृत गराइने उनको भनाइ थियो ।

सरकारले १८ माघमा सुशासन प्रबर्दन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश पेस गरेको थियो । 

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले भूमिसम्बनधी अध्यादेश अस्वीकार गर्ने निर्णय गरिसकेकाे छ ।

यसले सत्ता गठबन्धनको राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिएको छ ।  त्यसपछि आज सत्तारुढ दलको बैठकमा पहिला सबै सहमति रहेका ५ अध्यादेश पारित गर्न निर्णयार्थ प्रस्तुत गरिहाल्ने र विवाद रहेको भूमिसम्बन्धी अध्यादेश प्रतिष्थापन विधेयक पेस गर्दा सहमति गरेर अगाडि बढ्दा सहमति जुटाउने सहमति सत्तारुढ दलहरूबीच भएको लेखकले जनाए ।

‘भूमिसम्बन्धी अध्यादेशमा  प्रतिष्थापन विधेयक पेस गर्दा सबैसँग सहमति गरेर अगाडि बढ्छौँ । त्यही सहमति अनुसार अगाडि बढ्छौँ,’ लेखकले भने । 

बैठकमा प्रधानमन्त्री एवं नेकपा ( एमाले ) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी थिए ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : सरकारले राष्ट्रियसभामा फागुन ६ गते अध्यादेश निर्णयार्थ पेस गर्ने
सरकारले राष्ट्रियसभामा फागुन ६ गते अध्यादेश निर्णयार्थ पेस गर्ने
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEie7L2ppRHfky1sYIAg75ZZG8ypqHtgDyqX6flt2EGOheetZIUIOZGGPRsEfy4rKJjVzc4fPD8mdWKfDwlRmG1mqCYMsfZR3spNYtMWPdim1G9gcw6OgkIR1MCXz-gtG71XZFjwEtkUbXCthysLxKHxJOOd5_25p6I6qXQBsw9l9EEtww5Y-BC80ntO96I/w640-h251/11111.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEie7L2ppRHfky1sYIAg75ZZG8ypqHtgDyqX6flt2EGOheetZIUIOZGGPRsEfy4rKJjVzc4fPD8mdWKfDwlRmG1mqCYMsfZR3spNYtMWPdim1G9gcw6OgkIR1MCXz-gtG71XZFjwEtkUbXCthysLxKHxJOOd5_25p6I6qXQBsw9l9EEtww5Y-BC80ntO96I/s72-w640-c-h251/11111.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_24.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_24.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content