बीरगंज १३ फागुन । बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २१ बाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका वडा नं. ६ पकनी बस्ने २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा।६३ प ८२६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाकाे दमक नगरपालिका वडा नं. ६ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट र स्पास्पेन १ सय २० ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ५ रबि बस्ने २६ वर्षीय विशाल भुजेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँकाे आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय ट्याब्लेट सहित लमजुङ मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ भुलभुले बस्ने ३० वर्षीय श्याम कुमार तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ आउँदै गरेको ब. २ ख १४३९ नम्बरको माइक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया