सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

दुध र उखुको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन

580

 
बीरगंज ५ फागुन। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषकलाई दुधको भुक्तानी गर्न बाँकी रहेको रकम यथाशीघ्र भुक्तानी गर्न निजी डेरी उद्योगहरूलाई निर्देशन दिनु भएको समाचार छ । 

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले दुधको बक्यौता रकम तत्काल भुक्तानी गर्न निर्देशन दिनु भयाे । 

दुग्ध विकास संस्थान (डिडिसी) ले हालसम्म दुई अर्ब चार करोड रुपियाँ भुक्तानी दिइ सकेको प्रधानमन्त्रीले जानकारी गराउनु भयो । 

दुग्ध विकास संस्थानबाट दुध बिक्री गर्ने सबै कृषकको भदौ मसान्त सम्मको बाँकी रकम भुक्तानी भइसकेको र बाँकी रकम पनि क्रमशः भुक्तानीको प्रक्रियाका लागि अघि बढाइएको समेत प्रधानमन्त्रीले जानकारी गराए । 

डिडिसी र निजी क्षेत्रका डेरी उद्योगहरूले देशभरका किसानलाई अझै दुई अर्ब ५५ करोड ५० लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको छ । 

त्यसमध्ये सबैभन्दा बढी निजी क्षेत्रको रकम रहेको छ । निजी डेरीको मात्रै एक अर्ब ६० करोड रुपियाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको छ ।

नेपाल डेरी उद्योग सङ्घका अध्यक्ष राज कुमार दाहालले निजी डेरीसँग डेढ अर्ब रुपियाँ किसानको रकम भुक्तानी गर्न बाँकी रहेको जनाए । 

दुग्ध उद्योगसँग गत वर्षकै धुलो दुध र घिउ बिक्री नभई ठुलो परिमाणमा मौज्दात रहेकाले पनि किसानको दुधको रकम नियमित रूपमा भुक्तानी गर्न नसकिएको जानकारी उहाँले  गराए । 

सङ्घका अनुसार निजी डेरीसँग एक अर्ब रुपियाँको घिउ र एक अर्ब रुपियाँ बराबरको धुलो दुध बाँकी छ । बजारमा प्रशोधित दुधको प्रयोग हुँदा घिउ र धुलो दुधको माग नहुँदा ठुलो परिमाणमा मौज्दात रहेको दाहालले जनाए । 

नेपाल डेरी एसोसिएसनले भने किसानको दुधको रकम भुक्तानी गरिसकेको जनायाे । निजी क्षेत्रले लामो समयदेखि विभिन्न जिल्लाका किसानलाई भुक्तानी गरेको छैन । 

सङ्घका अनुसार निजीमध्ये सबैभन्दा बढी पोखरास्थित सुजल डेरी प्राइभेट लिमिटेडले किसानलाई भुक्तानी गर्न बाँकी छ ।  

यस्तै निजी क्षेत्रबाटै सञ्चालनमा रहेको नेपाल डेरी, राजधानी डेरी, खरिपाटी डेरीलगायतका दुई दर्जन डेरी उद्योगले पनि किसानलाई भुक्तानी गर्न बाँकी छ । यस्तै डिडिसीले गत भदौदेखि माघ १५ सम्मको किसानबाट दुध खरिद गरेबापत ९५ करोड ५० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ । 

यस्तै निजी क्षेत्रका अन्य सानो क्षमताका साना डेरीहरूले ५० करोड रुपियाँको हाराहारीमा भुक्तानी गर्न बाँकी रहेको बताए । 

लामो समयदेखि दुधको रकम भुक्तानी नहुँदा किसान मारमा परेका छन् । केन्द्रीय दुग्ध सहकारी संस्थाका महासचिव राम आचार्यले छ महिनादेखि दुधको रकम नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाए । 

दुधको रकम भुक्तानीका लागि अर्थमन्त्री विष्णु पौडेल र कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीलाई भेटेर दुधको भुक्तानी दिन अनुरोध गरे पनि त्यसको सुनुवाइ नभएको उहाँले जनाए । 

विभिन्न ३० वटा जिल्लाका किसानको दुई अर्ब रुपियाँभन्दा बढी रकम भुक्तानी बाँकी रहेकाले व्यवसाय सञ्चालन गर्न कठिन भएको उहाँले जनाए । 

दुध बिक्री गरेको पैसाले पशुलाई दाना खरिद गर्नुका साथै घरखर्च चलाउँदै आएकोमा लामो समयदेखि रकम नपाउँदा धेरै समस्या परेको उहाँले जानकारी गराए । 

किसानले नियमित रूपमा दुध बिक्री गरेको पैसा नपाउँदा व्यवसायबाट पलायन हुने अवस्था आएको उहाँको भनाइ छ ।   

सोही क्रममा प्रधानमन्त्री ओलीले उखु किसानले आफ्नो उत्पादनको उचित मूल्य पाऊन् भन्ने उद्देश्यले उखु क्रसिङ हुनुपूर्व नै सरकारले उखुको खरिद मूल्य तोक्ने गरेको जनाए। 

त्यसरी निर्धारण गरिएको खरिद मूल्यमा किसानबाट उखु खरिद गरी तुरुन्तै भुक्तानी दिन पनि निर्देशन दिइ सकेको उहाँले जानकारी गरानुभयो । 

मङ्सिरमै सरकारले प्रतिक्विन्टल उखुको खरिद मूल्य ५८५ रुपियाँ तोकेको पनि उहाँले जानकारी गराउनुभयो । 


प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : दुध र उखुको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन
दुध र उखुको रकम भुक्तानी गर्न प्रधानमन्त्रीको निर्देशन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitVulyvKr5p3lSPZJAwVLSsdUuHFqlH5tNfapsiNppP9hy0paMSc7fycuVjQBOEn9U2xW1iM4oR1YHlaEpWwhRbAVI3o4uTm1AFZkj14w2y5BwVnfKv8rbBKas_9I9OkuKJRYVtsedyHd1BoVUo82Ocwgko0IrQLW8GiAviMQcmcX6ARHmaoRU7zajY8A/w640-h412/Parliament_sujan-gurungDSC_8589.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEitVulyvKr5p3lSPZJAwVLSsdUuHFqlH5tNfapsiNppP9hy0paMSc7fycuVjQBOEn9U2xW1iM4oR1YHlaEpWwhRbAVI3o4uTm1AFZkj14w2y5BwVnfKv8rbBKas_9I9OkuKJRYVtsedyHd1BoVUo82Ocwgko0IrQLW8GiAviMQcmcX6ARHmaoRU7zajY8A/s72-w640-c-h412/Parliament_sujan-gurungDSC_8589.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_44.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_44.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content