एजेन्सी २४ माघ । चिनियाँ वैज्ञानिकहरूले दक्षिण चीन सागरमा उच्च ऊर्जा पानीमुनि न्यूट्रिनो टेलिस्कोप ९हन्ट० को सफलतापूर्वक प्रक्षेपण गरेका छन् ।
चिनियाँ विज्ञान प्रतिष्ठान ९सीएएस० अन्तर्गत उच्च ऊर्जा भौतिक संस्थान ९आईएचईपी० का अनुसार हन्टले ब्रह्माण्डलाई राम्रोसँग बुझ्नको लागि विशेष वैज्ञानिक डाटा खोज्ने प्रक्रियालाई बुझाउँछ ।
यस टेलिस्कोपले कणहरू खोज्ने र अध्ययन गर्ने काम गर्छ जसले वैज्ञानिकहरूलाई ब्रह्माण्डको बारेमा थप जान्न मद्दत गर्ने चिनियाँ समाचार सस्था सिन्ह्वाले जनाएको छ ।
वैज्ञानिक अनुसन्धानमा जहाज तानसुओ–३ र मानवयुक्त पनडुब्बी शेन्हाई योङ्शीले समुद्रको सतहभन्दा एक हजार ६ सय मिटर तल पूर्वनिर्धारित ठाउँमा डिटेक्टर तैनाथ गर्न मद्दत गरेको संस्थानले जनाएको छ ।
आईएचईपीका अनुसार डिटेक्टर चीनको समुद्रमुनि वैज्ञानिक अवलोकन नेटवर्क र प्राविधिक पूर्वाधारमा पनि सफलतापूर्वक जडान गरिएको थियो ।
न्यूट्रिनो एक धेरै सानो कण हो, जुन हेर्न धेरै गाह्रो छ । यसले प्राथमिक जानकारी बोक्छ । चिनियाँ वैज्ञानिकहरूले हन्टलाई ठूलो मात्रामा वैज्ञानिक उपकरणको रूपमा प्रस्ताव गरेका छन्, जसले न्यूट्रिनो खगोल विज्ञानको विकासको नेतृत्व गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया