बीरगंज १३ फागुन । भोलि बीरगंजकाे अलखियामठ, मालपोत सडकस्थित अजगैबीनाथ मन्दिर, वीचिकालिस्थित पशुपतिनाथ मन्दिर, पर्साकाे जिराभवानी , भठा लगायतकाे शिवालयमा महाशिवरात्रि मेला लाग्दैछ ।
बारा त्रिलोकीनाथ महादेव, सिद्धेश्वर महादेवको मन्दिर, काँटघाट लगायतकाे शिवालयमा महाशिवरात्रि मेला लाग्दैछ । त्यसैगरी रौतहटको प्रसिद्ध शिवमन्दिर शिवनगर, महादेव मन्दिर मौलापुर, बाणेश्वर स्थान गौर, शिवमन्दिर पचरुखी लगायत देशभरका शिवालयमा महाशिवरात्रि मेला लाग्दैछ ।
काठमाडौंको पशुपतिनाथमा प्रत्येक वर्ष शिवरात्रिमा विशेष मेला लाग्ने गर्छ । यो वर्ष पनि शिवरात्रिका लागि आउने भक्तजनहरूका लागि सहज रुपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनायाे ।
प्रधानमन्त्री केपी शर्मा ओली पनि मंगलबार साँझ पशुपतिनाथ पुगेकाे खबर छ। ओलीसहित संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि प्रसाद पाण्डे, काठमाडौंका सीडीओ ऋषिराम तिवारी लगायत पनि पशुपति क्षेत्र पुगेका छन् ।
शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा बाक्लो भिड लागेको छ । पशुपति क्षेत्रमा पर्ने गौशाला, जयबागेश्वरी, मित्रपार्क, गौरीघाट, गुह्येश्वरी लगायतका क्षेत्रमा भिड लागेको समाचार छ ।
क्षेत्र विकास कोषका अनुसार पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीनरतीन र पूर्व र दक्षिण ढोकामा दुईरदुई वटा लाइन रहने छ । पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध पनि मिलाइएको जनाएकाे छ ।
प्रतिक्रिया