बीरगंज १९ माघ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्व सुरक्षाकर्मीहरुले गर्नुपर्ने जनाए ।
शनिवार काठमाडौंमा पूर्व सुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै उनले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्व सुरक्षाकर्मीहरुलाई चैन नहुने बताए । समृद्ध देश नबनाए सम्म आफूहरु शान्त भएर बस्न नसक्ने जनाए । उनले देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । राजनीतिक शुद्धता नभइकन देशले काँचुली नफेर्ने उनले जनाए ।
‘यो देशलाई सुनौलो र समृद्ध नबनाउँदा सम्म तपाईं हामी जो जहाँ छौँ, हामी शान्त रुपमा बस्न सक्दैनौँ । यो आमा रोइरहँदा बाहिर गएर हाँसेर बस्नसक्ने अवस्था छैन ।
देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हामीले सक्नुपर्छ । यो देशलाई जुनसुकै अवस्थामा क्राइसिसमा चाहे सुरक्षाको चासोमा टड्कारो आवश्यकता होस्, नेपालीहरुले दुःख पाउने बाटोको अन्त्य हामीले गर्नुपर्छ । अब राजनीति शुद्धता नभइकन देशले काँचुली फेर्दैन ।’
पूर्व प्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउनसक्ने बताए ।
प्रतिक्रिया