बीरगंज २४ माघ । काठमाडौंको कमलपोखरीमा ग्यास विस्फोट हुँदा १४ जना घाइते भएकाे समाचार छ ।
आज बिहान पौने ९ बजे सानदार मस्म पसलमा विस्फोट हुँदा १४ जना घाइते भएका हुन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने ३ जना सामान्य छन् ।
प्रहरीका अनुसार सानदार मःम पसलमा ग्यास सिलिण्डर पड्किएको हो । घाइते हुनेहरू सोही पसलमा काम गर्नेहरु रहेको प्रहरीले जनाए।
प्रतिक्रिया