बीरगंज २३ माघ । यसवर्षको सिङ्गो हिउँदमा पानी नपरी बित्दै हिउँदले, हिउँदेबाली गहुँ, दहन, उखु, आलु, लगायत तरकारीको राम्रो उत्पादन नहुने भन्दै किसान चिन्तित बन्दै गएका छन ।
वसन्तपञ्चमी पर्व मनाइ सक्दा सम्म पनि पानी पर्ने संभावना नदेखेपछि किसान अहिले चिन्तित रहेछन् । मुख्य गरी अपेक्षित हिउँदे बाली गहुँ, आलु लगायतको राम्रो उत्पादन नहुने चिन्ताले किसानलाई एकातिर पिरोलिरहेको छ भने अर्काेतिर लगानी डुबने डर समेत रहेकाे छ।
कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बालीमा सिँचाइ गर्ने गरेका छन। तर यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह घट्दै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था समेत बनेको छ ।
माघ अन्तिम हप्ता लागि सक्दा तराई र मधेसमा हुस्सुले छाडेको छैन । हिउँदमा हुस्सु लाग्नु स्वभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान जनाउँछन् ।
‘आकास धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन’, खेतबारीमा तरकारी बाली हुस्सुले कक्रदै तथा पानी नपरेर माटो रुखिएको छ ।
मौसम पहिले देखे भोगेभन्दा फरक हुँदैछ । एक दशक अघिसम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छोडेको छ ।
हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन । यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन् ।
माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने पाका किसानले बताए ।
भर्खरै हुर्कदै गरेका लहरे तरकारी, उखु,आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव सुनाए ।
तर, यसपाली वर्षा नै नभइ हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानले चिन्ता ब्यक्त गरेका छन ।
हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरु इनार, चापाकल गर्मी चढेसँगै चाँडै सुक्ने गरेकाे छ । हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन् । सदाबहार भुल्के (जरुवा) पानीको मुहानमा पानी देखिन छाडेको छ ।
हिउँदे वर्षा नभएपछि फलकाे रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवा रोगको प्रकोप बढ्ने चिन्ताले किसान दुखी भएका छन ।
हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानले आफ्नो अनुभव सुनाए ।
प्रतिक्रिया