सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

गौर प्रादेशिक अस्पताल मधेस प्रदेशकै उत्कृष्ट बन्याे

580

बीरगंज ६ फागुन । रौतहटको सदरमुकाम गौर स्थित प्रादेशिक अस्पताल मधेस प्रदेशकै उत्कृष्ट बनेको समाचार छ ।  

यस अस्पताल देशको टपटेन अस्पतालको सूचीमा समेत पर्न सफल भएकाे छ। मधेस प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अनुसार गरिएको अनुगमन निरीक्षण पछि कार्यसम्पादन मूल्याङ्कनको आधारमा उक्त घोषणा गरिएको छ।

प्रादेशिक अस्पताल गौर मूल्याङ्कनको आधारमा कुल ८९ प्रतिशत मार्क ल्याएर मधेस प्रदेश को ६ वटा प्रादेशिक अस्पताल मध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पताल मध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरटेन्डेन्ट डाक्टर मुरारी ठाकुरले जनाए।

प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम लगायत विभिन्न निकायका ७ सदस्यीय टोलीले  आइतबार देखी प्रादेशिक अस्पताल गौरको सुक्ष्म तरिकाले छड्के अनुगमन निरीक्षण सुरु गरेका थिए।

अनुगमन निरीक्षण पश्चात् सोमवार साँझ अस्पतालको सभाकक्षमा टोली प्रमुख नर्सिङ प्रशासक नवौँ तह सुनिता गुप्ताको अध्यक्षतामा एक विशेष कार्यक्रमको आयोजना गरी नम्बरिङको निष्कर्ष निकालिएको अस्पताल विकास समितिका अध्यक्ष महमद अनवर हासमीले बताए।

न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अनुगमन टोलीले अस्पतालले दिइरहेको सेवा, डाक्टर स्वास्थ्यकर्मीको अवस्था, उनीहरूले बिरामी सँग गर्ने व्यवहार, भौतिक पूर्वाधारको अवस्था, एम्बुलेन्स, क्यान्टिन, बिरामीको बेड, अपरेसन कक्ष ,शौचालयको अवस्था, सरसफाइ, अस्पतालले बिरामीलाई दिने सुविधा लगायतको मूल्याङ्कन गरी छुट्टाछुट्टै नम्बर दिने गरेको अध्यक्ष हासमीले जनाए।

कार्यक्रममा बक्ताहरुले केही समय अघिसम्म जिल्ला गौर प्रादेशिक अस्पताल रेफरल अस्पातालको नामले परिचित भएको थियो। तर बर्तमान अस्पताल विकास समितिका अध्यक्ष हासमी, मेडिकल सुरिटेण्डेण्ट डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरमा  कार्यरत सम्पूर्ण डाक्टर, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारी अहोरात्र खटेर यो पहिचान कायम गर्न सफल भएको बताए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय रौतहतका प्रशासकीय अधिकृत मनिष झा, मेसु डाक्टर ठाकुर, अध्यक्ष हासमी,स्वास्थ्य कार्यालय रौतहटका प्रमुख राजेश कुमार सिंह, मधेस प्रदेश एम एम एस स्कोरिङ टिमका पदाधिकारीहरु, लगायत अस्पतालको सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुको उपस्थिति थियाे।

प्रादेशिक अस्पताल गौरमा यस आर्थिक वर्षको ७ महिनामा विभिन्न जटिल अपरेसन, सघन सेवा सहित ४३ हजार भन्दा बढी बिरामीलाई उपचार सेवा दिएको छ।

गत साउन देखी माघ मसान्त सम्म २६ हजार ९६३ ओपिडी र १७ हजार ३३१ ईमरजेन्सी बिरामीको उपचार भएको अस्पतालको तथ्याङ्कमा उल्लेख गरिएको छ। 

उक्त अवधिमा १३ हजार ९५८ बिरामीको रगत लगायत विभिन्न परीक्षण,७ हजार ४९८ जनाको एक्सरे भएको छ। त्यस्तै २३ सय ५७ गर्भवती महिलाको नर्मल सुत्केरी र ४२६ जनाको पेटको अपरेसन गरेर सुत्केरी भएको अस्पतालका सर्जन डाक्टर शम्भू कुमार साहले बताए।

त्यसैगरी ६७ जना बिरामीको हडी सम्बन्धी अपरेसन ,६६ जनाको अन्य अपरेसन,२१ जना बिरामी लाई विभिन्न रोग विरुद्ध थेरापी, अन्य ८५ जना जटिल रोगको उपचार गरिएको उनले जानकारी गराए।

त्यस्तै प्रादेशिक अस्पताल गौरमा पछिल्लो समय किड्नी सम्बन्धी बिरामीको डायलिसिस सेवा पनि सुरु भएको छ। अस्पतालमा रहेको ३ वटा मेशिनको सहयोगले दैनिक बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म १५ जना बिरामीको डायलिसिस भइरहेको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : गौर प्रादेशिक अस्पताल मधेस प्रदेशकै उत्कृष्ट बन्याे
गौर प्रादेशिक अस्पताल मधेस प्रदेशकै उत्कृष्ट बन्याे
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjOttulRtWAAe0zReTWQumH_4xr1mUPoIbyQgteE3qN3l-rRpu-bnvc_muP8dJJ9fjWfo940bmUvOyqu1eTizXOw_vv4ThGvtn5C5Op3kTJonfLDuWGD5bxOjnnh5MM-5SgS7TB-7rbWckV7-uFU3jFRTgR7g1dx5qSNwCG6z-Xk4WCWeWBkdF7R_c_18k/w640-h258/gaur-hospital_0I0RkJLYJ3.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjOttulRtWAAe0zReTWQumH_4xr1mUPoIbyQgteE3qN3l-rRpu-bnvc_muP8dJJ9fjWfo940bmUvOyqu1eTizXOw_vv4ThGvtn5C5Op3kTJonfLDuWGD5bxOjnnh5MM-5SgS7TB-7rbWckV7-uFU3jFRTgR7g1dx5qSNwCG6z-Xk4WCWeWBkdF7R_c_18k/s72-w640-c-h258/gaur-hospital_0I0RkJLYJ3.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_92.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/02/blog-post_92.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content