बीरगंज २९ फागुन। सिराहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएकाे समाचार छ । इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार साँझ हिरासतबाट फरार भएका छन् ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई पक्राउ गरिएको थियो ।
तर, केही घण्टामै उनी प्रहरी हिरासतबाट फरार भएको जिल्ला प्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्र कुमार पासवानले जनाए ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्च कुमार बाखुले उनको खोजी कार्य तीव्र रूपमा भइरहेको बताए ।
‘विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौँ’, उहाँले जनाए ।
प्रहरी स्रोतका अनुसार मन्सुरीको खोजीका लागि मिर्चैया क्षेत्रका विभिन्न स्थानमा विशेष सुरक्षा चेकजाँच गरिएको छ । साथै, उनी लुक्ने सक्ने सम्भावित स्थानहरूमा प्रहरी टोली परिचालन गरिएको खबर छ ।
प्रतिक्रिया