बीरगंज ५ चैत्र । सिराहाको नरहा गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सनाखत बस्ने नक्कली बुवालाई प्रहरीले पक्राउ गरेको समाचार छ ।
पक्राउ पर्नेमा अमानत मिया रहेछन् । भारत बिहार मधुवनी देउधाका मुस्ताकले २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । सिरहा नरहा वडा नम्बर ३ मा बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर मुस्ताकलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता दिलाइएको रहस्य उजागर भएकाे छ ।
नरहाका एक स्थानीयले आज साँझ अमानत मियाँलाई पक्राउ गरी प्रहरीले लगेको जनाएका छन । यसैगरी वडाध्यक्ष अन्सारीलाइ पनि प्रहरीले खोजी गरिरहेको खबर छ ।
भारतीय नागरिक मियाँले वडा अध्यक्ष अन्सारीलाई एक लाख भारु दिएर नागरिकताका लागि सिफारिस गराएको आरोप लगाएका छन ।
उक्त विषय केही अघि जसपा नेपालका उपाध्यक्ष राज किशोर यादवले समेत संसदमा उठाउनु भएका थिए । पछि जसपा नेपालका नेता विजय यादवको नेतृत्वमा सिराहाका सिडिओ बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएर वडाध्यक्ष सहितलाई कारबाही गर्न माग गर्नु भयो ।
प्रतिक्रिया