वीरगंज १४ चैत्र । वीरगंज युवा तथा व्यापारी सडक पीडित सङ्घर्ष समितिले बीरगंजकाे बजार आज बिहीबार बिहान देखि दिउँसो १२ बजे सम्म मेनरोड क्षेत्रका पसलहरू बन्द गरी प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने घोषणा गरेको समाचार छ ।
समितिले आन्दोलन मार्फत मेनरोड क्षेत्रको समस्या राष्ट्रिय रूपमा उठाउने उद्देश्य राखेको जनाएको छ ।
सङ्घर्ष समितिले गत बुधवार रानीसती अतिथि सेवा सदनमा आयोजित पत्रकार सम्मेलनमा सङ्घर्ष समितिका अध्यक्ष तथा वीरगंज महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले बीरगंज महानगर प्रमुख राजेशमान सिंहको आलोचना गरेकाे थियाे ।
प्रतिक्रिया