बीरगंज ५ चैत्र । उपत्यका अपराध अनुसन्धान कार्यालयले ट्रकमा लोड रहेको २५ करोड १९ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा पक्राउ गरेको समाचार छ ।
आज बिहान काठमाडौंको झोर क्षेत्रबाट लामालाई पक्राउ गरिएको थियाे ।पक्राउ लामा यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेर पाँचवर्ष जेलमा सजाय भुक्तान गरेका थिए।
अपराध अनुसन्धान कार्यालयका अधिकारीहरूले विशेष टोलीले नारायणी प्रदेश ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेका उनलाई केरुङतर्फ जाने क्रममा पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार उनी यसअघि पनि सुन तस्करीमा समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।
लामा २०७८ मा छुटेका थिए । उनी २०७३ पुस १३ गते राजश्व छली सुन चोरी पैठारी मुद्दामा ७ केजी सुन सहित पक्राउ परी ५ बर्ष कैद भुक्तान गरेर रिहा भएका थिए ।
उनको साथबाट डलर र युरो लगायत मुद्रा बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया