वीरगंज १३ चैत । आज रिपाेटर्स क्लब नेपाल पर्साकाे बिशेष साक्षात्कार कार्यक्रममा बहुजन शक्ति पार्टी नेपालका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्री बिश्वेन्द्र पासवानले नेपालमा अब राजा शाही ब्यवस्था नफर्किने जानकारी गराउनु भयाे ।
उहाँले “राजा धेरै तिरमिराए भने खोर जाने स्थिति आउन सक्छ। ५ / ७ जना भ्रष्ट र नालायक नेताहरूका कारण गणतन्त्र खतरामा नपर्ने विश्वास व्यक्त गरे। भ्रष्ट तथा कपाल फुलेका नेताहरुको अब अन्त्य हुने पासवानले बताए ।
नेता पासवानले गणतन्त्रको विकल्प “सुन्दर गणतन्त्र” रहेको र संविधान संशोधन गरी सबैको स्वीकार्य बनाउन आवश्यक रहेको जनाए ।
लोकतन्त्रमा राजाले पनि बोल्न पाउने अधिकार रहेको र संविधानले दिएको अधिकार अनुसार दुई तिहाईको बहुमतबाट राजसंस्थालाई पुनः स्थापित गर्न सकिने प्रवधान रहेकाेले राजावादी संघ/संस्था वा स्वयं राजाले नै पार्टी खोली जितेर संसदमा आउने र राजसंस्था पुनः स्थापित गर्न सकिने बताए ।
वर्तमान सरकार असफल भएको बताउँदै पासवानले सबै नेता र शक्तिहरू मिलेर नयाँ सरकार बनाउनु पर्ने र अब “सुन्दर नेपाल” बनाउने अभियानमा सबै नेपालीलाई जुट्न आह्वान गर्नुभयो।
“सुन्दर नेपालको परिकल्पना र खाका बहुजन शक्ति पार्टी नेपालसँग रहेको खुलासा गर्दै पासवानले भने, “हामी ५ वर्षमा देशलाई विकासको बाटोमा डोरयाउँछौं।”
दलित र ओविसीहरूको अधिकारको बारेमा बोल्दै पासवानले संविधानले दिएको अधिकार अझै पनि ओविसी समाजले प्राप्त नगरेको र दलितमाथि हत्या हिंसा तथा छुवाछूतका उत्पीडन अहिले पनि जारी नै रहेको बताए।
कुलमानलाइ हटाएर सरकार ठूलो गल्ती गरेको जनाउँदै नेता पासवानले त्यो निर्णय तत्काल फिर्ता हुनु पर्ने बिचार ब्यक्त गर्नु भएकाे थियो ।
प्रतिक्रिया