सरकारी तथा गैर सरकारी संघ / संस्था वा उधोग ब्यवसायको सुचना वा बिज्ञापन प्रकाशन गर्नु परेमा कृपया हामीलाइ सम्पर्क गर्नुहोस् सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६ सरकारी तथा गैर सरकारी कार्यालयहरूमा हुने गरेको भ्रष्टचारको भिडियो बनाइ हामीलाइ यस Whatsapp no. 9845035666 मा पठाउनुहोस् । हामीले उक्त भिडियोलाइ हाम्राे Website:- https://www.jansamarpitdaily.com.np मा प्रकाशित गर्नेछाैँ । सम्पर्क.नं.९८४५०३५६६६, ९८०९२६८६९६

$type=blogging$count=5$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

जनताले नै हो लोकतन्त्र जोगाउने, अरू कसैले सक्दैन ः प्रभु साह

580

 

बीरगंज २४ फागुन। आम जनता पार्टी ( आजपा ) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले अहिलेको दलतन्त्र नेताहरूको लुटतन्त्रमा परिणत भएको जिकिर गर्दै त्यस विरुद्धमा तेस्रो जनआन्दोलनको आवश्यक रहेको जनाए।  

जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलन गर्नुपर्ने उहाँले बताए । 

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आज काठमाडौँको अनामनगरमा आयोजित आजपा निकटको आम महिला मोर्चा बागमती प्रदेशको प्रथम प्रदेश भेलालाई सम्बोधन गर्दै अहिले दलाल दलतन्त्रका कारण गणतन्त्रको विरोध भइरहेको जनाए । 

जनताको लोकतन्त्रका लागि अब निर्णायक आन्दोलनको विकल्प नभएको उहाँले बताए । 

‘गणतन्त्र, लोकतन्त्रको नाममा नेताहरूले लुट मचाएका छन् । राज्यको ढुकुटी सिध्याइसकेको सरकारले हरेक नेपालीको टाउकोमा विदेशी ऋणको भार बोकाउने काम गरेको छ । 

यस्तो सरकारको विरोधमा नागरिक सडकमा आउनुको विकल्प छैन’, साहले भने, ‘जनताको सर्वोच्चता सहितको लोकतन्त्रका लागि तेस्रो जनआन्दोलनमा सहभागी हुन म सबैमा आह्वान गर्छु । अब जनताले नै हो लोकतन्त्र जोगाउने, अरू कसैले सक्दैन ।’ 

२४ चैतमा आजपाले काठमाडौँमा  दलतन्त्र, भ्रष्टाचार, कुशासन, अनियमितता, सरकारको मनोमानी कर विरुद्ध बृहत प्रदर्शन र जनसभा गर्न लागेको समेत उनले बताए । 

आम महिला मोर्चा बागमती प्रदेशका इन्चार्ज देवकुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, महासचिव त्रिभुवन साह अमर, उपमहासचिव धनकुमारी मगर, सचिव देवी पण्डित, सचिव नारायण पाण्डे, स्थायी कमिटीका सदस्यहरू श्रीभगवान पटेल, आर्या पाण्डे, देवेन्द्र ठाकुर, उपेन्द्र साह, प्रदेश अध्यक्ष रुपेश थपलिया, आजपाका नेताहरू डा. हेमप्रसाद साह, सीमा जैसवाल, मिनादेवी साह, फुलबदन देवी, अनिता थापा, रेखा साह, अर्चना ठाकुर, मनिष राई लगायतको सहभागिता रहेको थियो । 

सम्पन्न सो भेलाबाट अनिता थापाको अध्यक्षतामा ५१ सदस्यीय महिला मोर्चाको बागमती प्रदेश कमिटी समेत गठन भएको छ । 

कमिटीको उपाध्यक्षमा रिंकु साह, शोभा तामाङ, मिना तामाङ, सचिवमा अस्मिता लामा, कोषाध्यक्षमा कुन्ती थापा रहेको महिला मोर्चाले जनायाे । 

यसैगरी कुन्ती थापामगरको अध्यक्षतामा आम ट्रेड युनियन फेडरेशन नेपालको महिला विभाग समेत घोषणा गरिएको ट्रेड युनियनका इन्चार्ज धन कुमारी मगरले बताइन् । 

प्रतिक्रिया

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,56,crime,57,entertainment,5,health,17,main news,91,news,49,newspaper,9,politics,57,sports,13,tech,5,world,15,सुचना । सुचना ।। सुचना ।।।,1,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : जनताले नै हो लोकतन्त्र जोगाउने, अरू कसैले सक्दैन ः प्रभु साह
जनताले नै हो लोकतन्त्र जोगाउने, अरू कसैले सक्दैन ः प्रभु साह
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwTYdHy2bg8pBnCp_Rts5Bo76i8T29Bl4KvR2-wcqAWKSh2y39izqkMjoQNyLaoBlfN6tiyf8oz8LVcKbEoUUV8-SBjeJ3WeEz3zbewJhAf9fO2ffca71K3CIZQcSFq1HtMLtZ-J1Plc51d0GpqXiIzOSMLqlEb0Rlg6et8lBCq1pJqHQ8qYQl2nff1UM/s320/prabhu_2mTHtjIaaL.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwTYdHy2bg8pBnCp_Rts5Bo76i8T29Bl4KvR2-wcqAWKSh2y39izqkMjoQNyLaoBlfN6tiyf8oz8LVcKbEoUUV8-SBjeJ3WeEz3zbewJhAf9fO2ffca71K3CIZQcSFq1HtMLtZ-J1Plc51d0GpqXiIzOSMLqlEb0Rlg6et8lBCq1pJqHQ8qYQl2nff1UM/s72-c/prabhu_2mTHtjIaaL.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_63.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/03/blog-post_63.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content