रौतहट ६ चैत। रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको समाचार छ ।
चार विद्यार्थी संगठनले प्रतिस्पर्धा गरेको सो निर्वाचनमा नेविसंघका सभापति उम्मेदवार मोहम्मद नौदास आलमले एक हजार १७४ मत प्राप्तगरी विजयी हुनुभएका छन ।
उहाँका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सभापति उम्मेदवार दामोदर उप्रेतीले २०३ मत प्राप्त गरेकाे छ ।
यसैगरी नेविसंघका सचिव शाहिल पुरीले १ हजार १२८ र कोषाध्यक्ष सम्झनाकुमारी चौधरीले १ हजार १४८ मत प्राप्तगरी विजयी भएका छन ।
सदस्यहरुमा विकास कुमार दास, रोहन श्रेष्ठ, रेजिना कुमारी काफ्ले, पुष्पा कार्की, अर्जुन भट्टराइ, शुशील कुमार पहरी र रितिक सिंह विजयी हुनुभएको निर्वाचन अधिकृत विनोद तिमल्सिनाले जनाए ।
उहाँकाअनुसार चुनावी प्रतिस्पर्धामा अखिल क्रान्तिकारी र संयुक्त समाजवादी विद्यार्थी युनियनको पनि सहभागिता रहेकाे थियो ।
प्रतिक्रिया