बीरगंज १३ चैत्र । समाजवादी मोर्चाले चैत १५ गते गर्न लागेको जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएको समाचार छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोक नगरमा बसेको मोर्चाको बैठकले गणतन्त्र पक्षधरको जनप्रदर्शनलाई कमजोर बनाउन अवरोध गर्ने सोच देखिएको भन्दै जनप्रदर्शनलाई कमजोर बनाउने काम नगर्न चेतावनी दिएका छन ।
बैठकपछि नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले मोर्चाको जनप्रदर्शनलाई अवरोध गर्ने मूर्खतापूर्ण काम नगर्न चेतावनी दिए । उनले अग्रगमनका विरुद्ध हुने अन्य प्रदर्शन सह्य नहुने जनाए ।
चैत्र १५ गते समाजवादी मोर्चाले काठमाडौँको भृकुटी मण्डप र राजावादीहरूले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्न लागेका छन ।
प्रवक्ता विश्वकर्माले राष्ट्रिय स्वाधीनताको पक्षमा जनप्रदर्शन गरिएको भन्दै सहभागी हुन अपिल गर्ने निर्णय गरेको जानकारी गराएकाे छ ।
हजारौँको संख्यामा जनप्रदर्शनमा सहभागिता हुने र कोटेश्वर, कुपण्डोल, कालीमाटी लगायतका स्थानबाट जुलुस सहित भृकुटी मण्डप पुगेर सभामा परिणत हुने उहाँले बताउनु भयाे ।
बैठकमा संसद्को गतिरोधका विषयमा पनि छलफल भएको थियो ।
कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी ओलीले चित्तबुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिनेमा एकमत रहेको विश्वकर्माले जानकारी गराउनु भयाे ।
प्रतिक्रिया