बीरगंज ६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा ( एसइई ) धैर्य र राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन्।
बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी बिहीबारदेखि सुरू हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन्।
विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ। तपाईंहरू त्यसैको तयारीमा जुट्नुभएको छ, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, त्यस कारण तपाईंहरूसँग खेर फाल्ने समय छैन। राम्रो अंक प्राप्त गरेर सफलतापूर्वक उत्तीर्ण हुनुहोस्। मेरो धेरै धेरै शुभकामना छ।
प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिन समेत आग्रह गरेका छन्। उहाँले विद्यार्थीले धेरै परीक्षा उत्तीर्ण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गरे।
पहिले पहिले एसएलसीलाई फलामे ढोका भन्थे। त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो। तपाईंहरू परीक्षासँग नतर्सिनु होस्, प्रधानमन्त्री ओलीले भने, परीक्षा जीवनका कदम कदममा आइरहने चीज हो। धेरै परीक्षा उत्तीर्ण गरेर तपाईंहरू यहाँ आइ सक्नु भएको छ। रासस
प्रतिक्रिया