बीरगंज ४ चैत्र । राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल, पर्सा जिल्ला कार्य समितिको फागुन १७ गते बसेको बैठकको निर्णय अनुसार सो संस्थाको बीरगंज महानगर समिति बिघटन गरेको थियो ।
साथै तपसिल बमोजिम राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल, बीरगंज महानगरको तदर्थ समिति समेत गठन गरीएको ब्यवहोरा राष्ट्रिय निजी आवासीय बिधालय एसोसिएन नेपाल जिल्ला कार्य समिति पर्साले जानकारी गराउँदै अब उपरान्त यस कार्यालयबाट यस समितिसँग शिक्षासँग सम्बन्धित गतिविधि संयोजन गर्न गराउन हुन अनुरोध समेत गरेको छ ।
उक्त तदर्थ समितिको अध्यक्षमा सोनालाल प्रसाद पटेल, उपाध्यक्षमा सन्तोष साह, सचिवमा सोनु अन्सारी र कोषाध्यक्षमा श्रीराम गिरी चयन हुनु भएको छ । भने सदस्यहरूमा श्रीराम दास, सरोज मानन्धर र किशन गौतम रहनु भएको छ ।
प्रतिक्रिया