सर्लाही ६ जेठ । सर्लाहीको बागमती नगरपालिका वडा नं. २ मा अपरान्ह दुुई वटा मोटर साइकल जुध्दा दुवै मोटर साइकलका चालकको मृत्यु भएको समाचार छ ।
दुर्घटनामा दुुई जना घाइते भएकाे खबर छन् । भने मङ्गलबार अपरान्ह ४ बजेतिर पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गरेको प्रदेश – ३ – ०२ – ००६ प ७८६८ र बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल जुध्दा दुवै मोटरसाइकल चालकको मृत्युु भएको छ ।
दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल चालक रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सोनार र प्रदेश – ३ – ० २ – ००६ प ७८६८ नम्वरको मोटर साइकलका चालक काठमाडौँ महानगरपालिका २३ बसन्तपुर बस्ने ३० वर्षीय विवेक मानन्धरको मृत्युु भएको छ ।
प्राप्त समाचार अनुसार दुवै मोटर साइकलका चालकलाई प्रहरीले उद्धार गरी उपचारकालागि चन्द्रनिगाहपुर अस्पताल रौतहट लैजाँदा चिकित्सकले मृत घोषणा गरेकाे थियाे ।
दुर्घटनामा बा. ५६ प ५२६ नम्वरको मोटरसाइकल पछाडि सवार भारतको बिहार राज्य बकुलिया बस्ने ३४ वर्षीया मुनि देवी साह सोनार र रौतहटको विसुनपूर्वा गाउँकी ३२ वर्षीया चनचल देवी साह घाइते भएका छिन।
उनीहरुलाई बागमती मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारकालागि वीरगंज तर्फ रेफर गरिएको खबर छ । तीव्र गतिका कारण मोटरसाइकल एक आपसमा ठक्कर भएको आङ्कलन गरिए पनि दुर्घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया