मकवानपुर ६ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिकामा ब्रेक फेल भइ विङ्गर गाडी दुर्घटना हुँदा ३ जनाकाे अवस्था गम्भीर रहेकाे छ भने १४ जना घाइते भएका छन् ।
मङ्गलबार दिउँसो चित्लाङबाट बाराको लालबन्दी आउँदै गरेको प्रदेश २- ०३- ००१ ज ०१४७ को गाडी सडक देखि करिब २० मिटर तल खसेर भीमफेदी गाउँपालिकास्थित त्रिभुवन राजपथ सडक खण्डको छैसठी मोडमा दुर्घटना भएकाे समाचार छ ।
गाडी रुखमा अड्किएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भैंसे र सिमभञ्ज्याङ्गबाट खटिएका २५ जनाकाे प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी हेटौंडा अस्पतालमा पठाएका छन ।
प्रतिक्रिया