गाैर ६ जेष्ठ। रौतहटको राजपुर नगरपालिका वडा नं. ४ मा अनुगमन गर्न गएका औषधी व्यवस्था विभागकाे कर्मचारीलाइ कुटपिट गरी घाइते बनाएका छन।
औषधी पसल दर्ता नगरी चलाएको, बिक्री वितरणमा रोक लगाइएको औषधी समेत विक्री गरेको उजुरीको आधारमा औषधी ब्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगंज टोली अनुगमन गर्न जाँदा स्थानीयले कुटपिट गरेका छन ।
स्थानीयले गरेको प्रतिकारमा फार्मेसी निरीक्षक ओम प्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका छन । घाइते जयसवाल र शर्माको अवस्था सामान्य रहेको बुझिएकाे छ ।
स्थानीयले प्रहरी निरीक्षक कँडेलको मोबाइल फुटाएका छन । राजपुर नगरपालिका वडा नं. ५ का ५५ वर्षीय सुमित्रा देवीले औषधी व्यवस्था विभागका कर्मचारीलाई बचाउन खोज्दा घाइते भएकी छिन । उहँको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको खबर छ ।
प्रतिक्रिया