तनहुँ ६ जेठ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ घुम्तीमा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएकाे समाचार छ।
पोखराबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६८४१ नम्बरको बस मङ्गलबार दिउँसो ४ बजे दुर्घटना भएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जनाएका छन। दुर्घटनाको थप विवरण आउन बाँकी रहेकाे छ।
प्रतिक्रिया