सर्लाही ६ जेठ । नेपाल प्रहरि र सशस्त्र प्रहरीले बारम्बार नेपालमा नेपाली नक्कली नाेटकाे काराेबारीलाइ पक्राउ गरेकाे भएपनि नेपालमा नेपाली नक्कली नाेट काराेबार राेकिएकाे छैन ।
प्राप्त समाचार अनुसार सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नं. ६ मा पर्ने हुलाकी सडक खण्डबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको खबर छ ।
सोमबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ५०० रुपैयाँ दरका ४८ थान नक्कली नोट फेला पारेको हो । बरामद नोटको कुल रकम २४,००० रुपैयाँ रहेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा मोटरसाइकल चालक लालबन्दी नगरपालिका वडा नं. ६ का २१ वर्षीय मुकेश कुमार साह र पछाडि सवार हरिपुर्वा नगरपालिका वडा नं. ४ डुमरिया निवासी २३ वर्षीय सरोज पण्डित रहेका छन् ।
अहिले उनीहरूलाई जिल्ला अदालत सर्लाहीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनायाे । प्रहरीका अनुसार घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी पनि भइरहेको बतायाे ।
प्रतिक्रिया