बीरगंज ६ जेठ । भारतकाे रक्साैलबाट लागुऔषध तस्करी गरेर नेपालका बिभिन्न शहरमा पुरयाउने तस्कर गिराेहका नाइकेहरूलाइ बारम्बार नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेलीले लागुऔषध सहित पक्राउ गरी कारबाही चलाउदै अाएकाा छन ।
तर लागुऔषधकाे तस्करी गर्ने गिराेह दिन प्रतिदिन बढदै गएकाले प्रहरीलाइ पक्राउ गरेका गरेछन । साेही क्रममा पुन सशस्त्र प्रहरी बल पर्साद्वारा ८१ हजार ४९० थान ‘ट्याब्लेट’ ‘ट्रामाडोल हाइडोक्लोराइड’ लागुऔषध बरामद गरेको समाचार छ ।
आज वीरगंज महानगरपालिका वडा नं. २ स्थित भकुवा नाका नजिकै भारतबाट अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा उक्त परिमाणको लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जनाए ।
भारतबाट अवैध रूपमा लागुऔषध लिएर आउँदै गरेका दुई व्यक्ति सशस्त्र प्रहरी देख्ने वित्तिकै लागुऔषध छाडेर भारततर्फ भागेका उहाँले बताए ।
बरामद भएको लागुऔषध आवश्यक कारबाहीकालागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
प्रतिक्रिया