[समाचार]$type=blogging$count=5$cate=0$author=hide$date=hide$$show=home$$com=hide

[प्रमुख समाचार]_$show=home$type=complex$count=4$cate=0$author=hide$comment=hide

$show=home

neelambads

चुरियामाई दुर्घटना हुँदा दुई जनाको मृत्यु, फरार चालक पक्राउ

580

बीरगंज १५ असाेज । बाराको जितपुर – सिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित चुरिया माई मन्दिर नजिक बुधबार बिहान बसको ब्रेक फेल भएर मोटर साइकललाई ठक्करबाट दुई जनाको मृत्यु भएको छ । भने चार जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ८५३७ नम्बरको बस बिहान करिब १० बजे हेटौँडा – पथलैया सडकखण्डको उकालोमा पुग्दा अचानक ब्रेक फेल भएर ब्याक हुँदा पछाडिबाट आउँदै गरेका दुई वटा मोटर साइकल च्यापिएकाे थियाे । 

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डतिका अनुसार बारा फेटा गाउँपालिका वडा नं. १ भरवलियाका २५ वर्षीय मकेश्वर पटेल र पर्सा वीरगंज महानगरपालिका वडा नं. ३१ बस्ने २६ वर्षीया कविता देवीको मृत्यु भएको छ । 

उपचारका लागि उनीहरूलाई कलैया प्रादेशिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको अस्पतालले जनाएको छ ।

दुवैलाई अस्पताल पुर्‍याउँदा दिउँसो १२ ः १० बजे चिकित्सकले मृत घोषित गरेका थिए ।

अन्य घाइते हुनेहरूमा मकेश्वर पटेलकी पत्नी २२ वर्षीया कबिता देवी, २० महिनाकी छोरी तानेया पटेल, अर्को मोटर साइकलका चालक २७ वर्षीय कञ्चन कुमार पटेल र उनका ३ वर्षीय छोरा आयुष पटेल रहेका छन् । मकवानपुरस्थित सहकारी अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस चालक सर्लाही लालबन्दी नगरपालकिा वडा नं. ३ का ४७ वर्षीय विश्वनाथ चौधरीलाई इलाका प्रहरी कार्यालय अमलेखगञ्जले नियन्त्रणमा लिएको छ । बस र मोटर साइकल दुर्घटनास्थलमै छन् । 

बस पछाडि रहेको म प्र ०३–००१ ज ०६६२ नम्बरको ईभी माइक्रो गाडीको अगाडिकाे भागमा सामान्य क्षतिपुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि केही समय अवरुद्ध भएको बाटोलाई एकतर्फी सञ्चालनमा ल्याइएको छ । 



प्रतिक्रिया

neelambads
neelambads
neelambads
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?
Name

business,25,crime,63,entertainment,2,health,9,main news,60,news,86,newspaper,7,newक,2,politics,23,sports,2,tech,3,world,5,कर्णाली,49,कोशी,49,गण्डकी,49,बागमती,49,मधेश,49,लुम्बिनी,49,सुचना । सुचना ।। सुचना ।।।,1,सुदूरपश्चिम,49,
ltr
item
राष्ट्रिय दैनिक जन समर्पित : चुरियामाई दुर्घटना हुँदा दुई जनाको मृत्यु, फरार चालक पक्राउ
चुरियामाई दुर्घटना हुँदा दुई जनाको मृत्यु, फरार चालक पक्राउ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyT1YDsdLOuFj-K5PzQEY0iTAojj3miSg8p9tPu9J1XBpeKAKBzajDdmcsmj5K1sZ6zpmZ9hokK3Ojkl2WUsPLlrAJ1vrMCB6IidPn3cSDxWHtU-DLNEKUp3PpnAUoVYemOgzLWc9o_0tsWYJvWpQYcJR-ZHO8JVQHukjy32Xnp-4-EoNTqTBZh56_zvA/s320/churiyamai.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjyT1YDsdLOuFj-K5PzQEY0iTAojj3miSg8p9tPu9J1XBpeKAKBzajDdmcsmj5K1sZ6zpmZ9hokK3Ojkl2WUsPLlrAJ1vrMCB6IidPn3cSDxWHtU-DLNEKUp3PpnAUoVYemOgzLWc9o_0tsWYJvWpQYcJR-ZHO8JVQHukjy32Xnp-4-EoNTqTBZh56_zvA/s72-c/churiyamai.jpg
राष्ट्रिय दैनिक जन समर्पित
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post.html
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/
https://www.jansamarpitdaily.com.np/2025/10/blog-post.html
true
7538401559029675775
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content