पर्सा प्रहरीका अनुसार मेलामा पसल राख्ने विषयलाई लिएर भएको विवादका कारण झगडा चर्किँदा २० वर्षीय गोल्डेन नाम गरेका युवकको मृत्यु भएको समाचार छ ।
प्रहरी प्रवक्ता तथा डिएसपी हरि बहादुर बस्नेतका अनुसार गीता मन्दिर नजिक मेलाको सुरुवाती दिनमै दुई समूहबिच विवाद सुरु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
सोही विवाद राति हिंसात्मक रूप लिँदा गोल्डेनमाथि भाटाले प्रहार गरिएको थियाे । उक्त भाटा प्रहारबाट गम्भीर घाइते भएका खानलाई उपचारका लागि नारायणी अस्पताल पुर्याइए पनि राति नै मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । तर, अनुसन्धान जारी रहेकाले उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।
डिएसपी बस्नेतका अनुसार विवादको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकासँग सोधपुछ भइरहेको र घटनाबारे थप विवरण सङ्कलन गर्न सूक्ष्म अनुसन्धान सुरु गरिएको उनले बताए ।
मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया